चुकाउनी (आलु र दही को अचार) बनाउने तरिका

Recipe in Nepali Language

आवश्यक सामाग्री:

  •  ५०० ग्राम आलु 
  • १०० ग्राम प्याज ( जरुरी छैन) 
  • १ लिटर दही 
  • मेथी 
  • बेसार 
  • टिमुरको धुलो
  • खुर्सानी धुलो 
  • लसुन पिसेको
  • हरियो खुर्सानी 
  •  नुन
  •  तेल 

 बनाउने बिधी:

  • ५/७ चम्चा तेल तताउने , 
  • १ चिम्टी मेथी फुराउने, 
  • आधा चम्चा भन्दा कम मात्र बेसार र हरियो खुर्सानी पनि मेथी फुरौने बेलामा नै फुराउने 
  • दहीलाई उक्त तातो मेथी बेसार तेल ले झान्ने 
  • अन्दाज गरि नुन र खुर्सानी दहीमा मिसाउने 
  •  आलु उसिन्ने, छोडाउने अनी तरकारीलाई जसरी काट्ने 
  •  काँचो प्याज लाई मसिनो गरि काट्ने 
  •  आलु र प्याज लाई झानेको दही मा मिसाउने 
  •  यसरी दही र आलु को अचार बनाउन सकिन्छ। बनेको केही समय आलुमा दही भिज्ज्न दिदा स्वाद तिख्हर हुन्छ।